• २०८३ असार ७
  • 2026 June 21, Sunday

राप्रपाका सांसदको सुरक्षामा खटिएका प्रहरी फिर्ता, सरकारको कदमप्रति प्रश्न उठ्यो

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन सांसदका सुरक्षामा खटिएका प्रहरी (पीएसओ)हरूलाई सरकारले फिर्ता बोलाएको छ।

राप्रपाका अनुसार संसद् र संसदीय समितिमा जिम्मेवारी पाएका सांसदहरूलाई प्रदान गरिएको सुरक्षा अधिकृत (पीएसओ) हटाइएको हो। प्रमुख सचेतक शाही, प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंह र सांसद ध्रुवबहादुर प्रधानको सुरक्षार्थ खटिएका पीएसओ बुधबार फिर्ता बोलाइएको हो।

प्रधान पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) समेत हुन्। नेपाल प्रहरीले भने पीएसओ फिर्ता नियमित ब्रिफिङका लागि मात्रै बोलाइएको स्पष्ट पारेको छ। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले भने, ‘फिर्ता गरिएको भन्ने विषयमा थाहा छैन, नियमित ब्रिफिङका लागि बोलाइएको हुन सक्छ।’

पीएसओ फिर्ता भएपछि प्रमुख सचेतक शाहीले यसबारे औपचारिक आपत्ति जनाएका छैनन्। तर उनले सरकारको विभेदी व्यवहार निन्दनीय रहेको बताएका छन्। ‘पीएसओ हटाउनु सामान्य प्रक्रिया हुन सक्छ, तर सरकारको नियत विभेदपूर्ण देखिएको छ,’ शाहीले टिप्पणी गरे।