• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहमन्त्रीलाई सदनमा बोल्न नदिएपछि प्रेस मिट गर्ने तयारी

प्रतिनिधिसभामा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर अवरोध गरेपछि गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

भिजिट भिसा प्रकरणमा उठेको विवादसँगै सत्तापक्षले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिने प्रयास गरे पनि विपक्षीको अवरोधका कारण त्यो सम्भव नभएपछि लेखकले वैकल्पिक माध्यमबाट प्रतिक्रिया जनाउने निर्णय गरेका हुन्।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएको छलफलमा पनि लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको निष्कर्षमा पुगेको बताइएको छ।

संसद्‍को बैठक आधा घण्टाका लागि स्थगित गरिएको भए पनि अझै सुरु भइसकेको छैन। यदि आज बैठक सञ्चालन हुन नसकेमा, गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष स्पष्ट पार्ने तयारी गरेको सचिवालयले जनाएको छ।