काठमाडौं महानगरका मेयर बालेन शाहबारे केहि नकारात्मक अफवाह फैलिएपछि उनकी पत्नी सबिना काफ्लेले त्यसको व्यंग्यात्मक प्रतिक्रिया दिएकी छन्। उनले फेसबुकमा बालेन, आफ्ना साथी र परिवारसहितको फोटो सेयर गर्दै बालेनविरुद्ध चलाइएको गलत प्रचारप्रति व्यङ्ग्य गरेकी हुन्।
सबिनाले लेखेकी छन्, “पार्टीको नाम र नम्बर केन्ट गर्नु, अझै कन्टेन्ट दिन्छु,” भन्दै व्यङ्ग्य गरेकी छन्।
उनको यो टिप्पणी कांग्रेसबाट निर्वाचित महानगर प्रवक्ता नवीन मानन्धरको एउटा अन्तर्वार्तामा मेयर बालेन र एक युवतीको तस्बिर देखाएर गरिएको टिप्पणीप्रति लक्षित देखिन्छ।
हालै मानन्धर र बालेनबीचको सम्बन्ध चिसिँदै गएको अवस्थामा, सार्वजनिक रूपमा पुष्टि नभएका विषय उठाउँदै गरिएको मानन्धरको टिप्पणीलाई चरित्र हत्या प्रयासको रूपमा हेरिएको छ।
