• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एक युवतीसंग पोज दिएको बालेनको भाइरल तस्बिर श्रीमती सबिनाले खिचेको खुलासा

 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सेतो बाथरोब लगाएको तस्बिरको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा छ । यतिमै तष्विर चर्चित भएको भने होइन , तष्विरमा बालेन संगै एक युवतीसँग पनि छन् जसलाई बालेनले अंगालो हालेर पोज दिएका छन् । यो तष्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि चर्चाको विषय बनेको छ।

तस्बिर महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा देखाएपछि छताछुल्ल सार्वजनिक भएको हो।

बालेनका सल्लाहकार कुमार बेनले बताए अनुसार यो फोटो बालेनकी श्रीमती सबिना काफ्ले आफैले खिचेकी हुन्।अर्को कुरा फोटो फागुन महिनाको होली पर्वको समयमा खिचिएको हो, जब बालेन परिवारसहित बुटवलको मणिग्रामस्थित विश्राम बाटिका होटलमा बसेका थिए।

बेनले भनेका छन्, “भाइरल भइरहेको तस्बिर होलीको बेलाको हो र यो सबिना भाउजूले खिच्नुभएको हो।” तस्बिर भाइरल भएपछि बालेनकी पत्नी सबिनाले त्यसै समयमा खिचिएका अन्य पारिवारिक तस्बिरहरू पनि सार्वजनिक गरेकी छन्। उनले तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गर्दै लेखेकी छन्, “आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु।”

उक्त तस्बिरमा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि देखिन्छन्। वास्तवमा, भाइरल तस्बिर डीजेको रूपमा परिचित जस्मिन खरेलले आफ्नो इन्स्टाग्राममा मार्च १५, २०२५ मा पोस्ट गरेकी थिइन्। त्यो बेला पहाडी क्षेत्रमा होली मार्च १३ मा र तराईमा मार्च १४ मा मनाइएको थियो।

प्रवक्ता मानन्धरले झन्डै एक महिना पछि, अप्रिल ८ मा योहो टेलिभिजनको अन्तर्वार्तामा तस्बिर देखाउँदै आफूले कतैबाट प्राप्त गरेको दाबी गरेका थिए। बालेन सचिवालयले यसप्रति आपत्ति जनाउँदै मानन्धरसँग लिखित स्पष्टीकरण र गल्ती स्विकृतिका लागि पत्राचार गरेको छ।

तस्बिर भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। केहीले बालेनको बाथरोबमा युवतीसँग देखिएको फोटो आपत्तिजनक रहेको बताएका छन् भने, केहीले यो तस्बिर सम्पादन (एडिट) गरिएको हुनसक्ने शङ्का व्यक्त गरिरहेका छन्।