• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बोलाइयो, नाम र दल दर्ताबारे निर्णय हुने

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक जेठ १८ गते बस्ने भएको छ।

पार्टीको नियमित कार्यतालिका अनुसार हरेक ६ महिनामा बस्ने केन्द्रीय समिति बैठक यही मिति कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको नाम, चुनाव चिन्ह, दल दर्ता प्रक्रिया, वामपन्थी ध्रुवीकरण, उत्पादनमूलक कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल हुने छ।

यसअघि मंसिरको तेस्रो सातामा सम्पन्न बैठकले २०८४ सालको निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय पनि यथावत् रहेको बुढाथोकीले बताए।