• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

उपत्यकामा सशस्त्र प्रहरीले आज पनि चलायो निःशुल्क बस

  • २०८२ जेठ २०, मङ्गलबार १२:४७

काठमाडौं। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्द भएपछि यात्रुहरूलाई सहजीकरण गर्न सशस्त्र प्रहरी बल नेपालले मंगलबार पनि दुईवटा बस निःशुल्क सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालनमा आएका ती बसमध्ये एक स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म चल्नेछ। अर्को बस भने स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

सवारी बन्दका कारण यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरीले यो निःशुल्क सेवा सञ्चालन गरेको हो।

  • २०८२ जेठ २०, मङ्गलबार १२:४७