• २०८३ असार ५
  • 2026 June 19, Friday

तरुण दललाई सरकारले दियो ३ करोड

  • २०८२ जेठ २४, शनिबार १३:१०

काठमाडौं । नेपाल तरुण दलको कार्यालय भवनका लागि नेपाल सरकारबाट तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

काठमाडौँ महानगरपालिका–१२ स्थित रवि भवनमा नेपाल तरुण दलको कार्यालय भवनका लागि नेपाल सरकारबाट तीन करोड रुपैयाँ बजेट विनियोजन भएको तरुण दलले जनाएको छ । ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा यो रकम शहरी विकास मन्त्रालयमार्फत विनियोजन गरिएको नेपाल तरुण दलको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार, बजेट विनियोजनका लागि नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पहल रहेको उल्लेख छ। साथै, शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन निर्माण बजेट समावेश गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिइएको छ।

नेपाल तरुण दलका अध्यक्ष विधान गुरुङद्वारा जारी विज्ञप्तिमा यो निर्णयप्रति पार्टीको तर्फबाट आभार प्रकट गरिएको छ भने केन्द्रीय समितिका सम्पूर्ण सदस्यलाई धन्यवाद समेत दिइएको छ।

सार्वजनिक ढाँचाको बजेट राजनीतिक पार्टीको आन्तरिक भवन निर्माणमा खर्चिएको हो ।

  • २०८२ जेठ २४, शनिबार १३:१०