• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

टी–२० विश्वकपको तयारी : नेपाल राष्ट्रिय टोली अष्ट्रेलियाको टी–२० श्रीङ्खलामा मा सहभागी हुने

नेपाल राष्ट्रिय क्रिकेट टोली आगामी २०२५ अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड  टी–२० श्रीङ्खलामा सहभागी हुने भएको छ।

यो श्रृंखला सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि एक महत्वपूर्ण अभ्यासको अवसर मानिएको छ।

नेपालले उक्त प्रतियोगितामा डिएक्ससी एरिना, टिआइओ स्टेडियम र काजालीज एरिना मा कम्तीमा ६ वटा खेल खेल्ने छ।

प्रतियोगिताको पूरा खेल तालिका र सहभागी टोलीहरूको विवरण चाँडै सार्वजनिक गरिने आयोजकहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको प्रदर्शनलाई थप सशक्त बनाउने यो सिरिजले खेलाडीहरूलाई बहुमूल्य अनुभव दिने विश्वास गरिएको छ। नेपाली क्रिकेट समर्थकहरू अब फेरि राष्ट्रिय खेलाडीहरुको प्रदर्शन हेर्न उत्साहित छन्।