• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

सिंहदरबारमा शिक्षा समितिको बैठक सुरु

  • २०८२ असार १५, आइतबार ११:०५

काठमाडौँ । सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।

विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल हुँदैछ ।

शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद आज सकिँदै छ। महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो ।

सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन्।

  • २०८२ असार १५, आइतबार ११:०५