• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रास्वपा सांसदलाई प्रतिनिधिसभामा बोल्न नदिन काँग्रेस नेताको माग

  • २०८२ असार १५, आइतबार १५:४०

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभाको आकस्मिक समयलाई प्रतिपक्षी दलले अनुचित ढंगले प्रयोग गरिरहेको आरोप लगाएका छन्। आइतबारको संसद बैठकमा बोल्दै उनले विशेषगरी रास्वपालाई लक्षित गर्दै संसदीय मर्यादा भंग हुनेगरी अभिव्यक्तिहरू भइरहेकामा आपत्ति जनाए।

घिमिरेले संसदको नियमित कारवाही सुरु हुनासाथ गालीगलौज, व्यक्तिगत लाञ्छना, “चोर”, “फटाहा”, “मानव बेचुवा” जस्ता अभिव्यक्तिहरू प्रयोग हुने क्रम बढिरहेको बताए।

उनका अनुसार भिजिट भिसा प्रकरणमा सरकार पहिले नै छानबिन समिति गठन गरिसकेकोले निरन्तर संसद अवरुद्ध गर्नुको औचित्य छैन।

“यस्तो अवस्था कायमै रहे संसद मर्यादा रहँदैन,” भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए। साथै, जथाभावी अभिव्यक्ति दिने सांसदहरूलाई रोक लगाउनुपर्ने माग गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न कडा पहल आवश्यक भएको बताए।

  • २०८२ असार १५, आइतबार १५:४०