• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदले पारित गरेका विधेयकमाथि अदालतको हस्तक्षेप उचित होइन: कांग्रेस प्रमुख सचेतक घिमिरे

  • २०८२ असार १६, सोमबार १०:४०

काठमाडौं। प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा घिमिरेले सांसदले पास गरेको विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको बताएका हुन्।

अदालतले कानूनको व्याख्या, संविधानको व्याख्या गर्ने हो । कुनै कानून संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो । तर त्यो भन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भइरहेको छैन,’ उनले भने।

यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भएको घिमिरेले बताए। उनले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको बताए।

‘एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ । यसलाई रोक्नै पर्छ । यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण गर्दछ,’ उनले भने।

नेपालको न्याय प्रणाली अत्यन्त ढिला हुने गरेको पनि घिमिरेले बताए।  ‘सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने भएको छ । सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ,’ उनले भने।

  • २०८२ असार १६, सोमबार १०:४०