काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।
सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा सभापतिहरूसँग छलफल राखिएको सभामुखको सचिवालयले जनाएको छ ।
समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्न लागेको बुझिएको छ ।
