गण्डकीका अर्थ सचिव पाण्डे मुख्यमन्त्री कार्यालयमा सरुवा

काठमाडौँ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई कामकाजका लागि मुख्यमन्त्री कार्यालयमा पठाइएको छ ।

मन्त्रिपरिषद् बैठकले उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा झिकाइएका सचिव पाण्डेलाई तत्काल कुनै जिम्मेवारी भने तोकिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल कुनै जिम्मेवारी नदिइएको बताएको छ ।

स्रोतका अनुसार, आर्थिक मामिला मन्त्रालयमा भने उपसचिव डिल्लीराम रिज्याललाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्तको जिम्मेवारी दिइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१