• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कुलिङ पिरियड हेरफेरको जिम्मेवारी सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा

  • २०८२ असार १७, मङ्गलबार ११:४३

काठमाडौं। प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले लिनुपर्ने बताएका छन्।

कुलिङ पिरियडका सन्दर्भमा समितिको प्रतिवेदनमै नरहेको बाहेक शब्द छलछामपूर्वक घुसाइएको भन्दै यो विषय बहसमा छ। प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा समितिमा सहमतिभन्दा बाहेकका विषय परेको भन्दै समितिका सदस्यहरूले सभामुख देवराज घिमिरेलाई भेटेर मंगलबार ध्यानाकर्षणसमेत गराएका छन्।

एमाले पोलिटब्युरोसमेत रहेका सांसद थापाले समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो भन्दै प्रश्न गरेका हुन्।‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ। यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुनसक्दैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखियो। सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्‍यो? यो गम्भीर विषय भएको छ,’ उनले प्रतिवेदनको अंश हाल्दै भनेका छन्।

  • २०८२ असार १७, मङ्गलबार ११:४३