• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

‘कुलिङ अफ पिरियड’मा गडबडीको छानबिन गर्न विशेष समिति गठन हुने

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न विशेष समिति घोषणा आज हुने भएको छ

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन भएकोबारे औपचारिक जानकारी गराउनेछन्। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

यसअघि २१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेतासँग छलफल गरी विशेष समिति गठन गर्ने तयारी गरिएको जानकारी गराएका थिए। सो छलफलपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी दिएका थिए।