• २०८३ असार ४
  • 2026 June 18, Thursday

माओवादी सांसदद्वारा संसदीय सुनुवाइ समिति बैठकको बहिष्कार

काठमाडौँ । सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ समिति बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदहरूले बहिस्कार गरेका छन् ।

समितिमा रहेका माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले बैठक बहिष्कार गरेका हुन् । न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएकाले आफूहरू निर्णय प्रक्रियामा सहभागी नभएका उनीहरूले बताए ।

सोमबारको बैठक बहिष्कार गरेका माओवादी सांसद जगप्रसाद शर्माले प्रस्तावित नाम समावेशी नभएकोले आफूहरू निर्णय प्रक्रियामा सामेल नभएको जानकारी दिए ।

‘प्रस्तावित नाम समावेशी भएन। निश्चित समुदायलाई लक्ष्य गरेर एक सिट खाली राखियो, त्यो पनि त्यसैगरी सिफारिस गर्ने देखिन्छ,’ शर्माले  भने, ‘समितिले कानुन मन्त्रीसँग पनि छलफल गरेको थियो।

त्यसबेला समावेशी बनाउने भनेर निर्देशन दिने, त्यो नमिल्ने भए अनुरोध गर्ने र त्यो पनि नमिल्ने भए ध्यानाकर्षण गराउने भन्ने कुरामा कांग्रेस र माओवादी मानेनन्, त्यसपछि हामी निर्णय प्रक्रियामा सहभागी नभएको हो।’