ससुराको हत्या अभियोगमा ज्वाइँ पक्राउ

काठमाडौँ । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।

घटनाको एकसातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१