• २०८३ असार ४
  • 2026 June 18, Thursday

रसुवाको भोटेकोशी बाढीपीडित मृतकका परिवारलाई दुई लाख राहत

काठमाडौं। सुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको मंगलबारको बैठकले भोटेकोशी बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय गरेको हो।

यसबारे बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने जनाएको छ।

साथै रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बनाउन र चीनतर्फको बाटो पुनर्निर्माण गरी केरूङ नाका सञ्चालनमा ल्याउन चीनसँग समन्वय गर्ने निर्णय गरेको पनि भएको छ। भोटेकोशी बाढीमा ९ जनाको मृत्यु भएको थियो।