• २०८३ असार १३
  • 2026 June 27, Saturday

नेपालका तीन क्रिकेटरले भारतमा एक महिना प्रशिक्षण गर्ने

नेपालका तीन क्रिकेटरले भारतमा एक महिनाको व्यावसायिक प्रशिक्षण गर्ने भएका छन्।

नेपालको यू-१९ टोलीका खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले एक महिना प्रशिक्षण गर्ने भएका हुन्।

उनीहरूले १५ जुलाई देखि १४ अगस्ट २०२५ सम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिना लामो व्यावसायिक प्रशिक्षण कार्यक्रममा भाग लिने कार्यक्रम छ।

भारतीय दूतावास काठमाडौँको पहलमा युवा नेपाली क्रिकेटरले प्रशिक्षणमा गर्न जान लागेका हुन्।

दूतावासले व्यावसायिक एक्सपोजरले खेलाडीहरूको सीपमा उल्लेखनीय वृद्धि गर्ने र नेपालको क्रिकेट आकांक्षामा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र आज नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा खेलाडीहरूसँग भेटघाट र अन्तरक्रिया गरिएको थियो।

राजदूत श्रीवास्तव र अध्यक्ष चन्दले उनीहरूको प्रशिक्षण कार्यक्रमको लागि शुभकामना व्यक्त गरे।