• २०८३ असार ४
  • 2026 June 18, Thursday

मानव तस्करलाई कसको संरक्षण ? सदनमा रास्वपाको प्रश्न

काठमाडौं । रास्वपाकी सुमना श्रेष्ठले आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट झन् पुष्टि गएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसाको आवरणमा भएको मानव तस्करको विषयले औचित्यपूर्ण बन्दै गएको पुष्टि भएको बताइन् ।

उनले भनिन्, ‘सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न सङ्कोच । कसको अकरमन्यताले गर्दा यस्तो आँट मानव तस्करहरुमा पलाएको हो? देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’

उनले यो भिजिट भिसा प्रकरणको छानबिन गर्ने संसदीय छानबिन समिति वा उच्च स्तरीय आयोग मागेका दोहोर्याइन् ।

उनले भनिन्, ‘फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? अझै व्यक्ति केन्द्रित भएर सरकार सम्म डराउने? एक व्यक्ति केन्द्रित भएर सिङ्गो सरकारले जनताको पिडा नसुन्ने नै हो त? किन डराएका छैनन् तस्करहरू ?’

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्री समेत रहेका सुशासन आयोगका प्रमुखको पनि जवाफ मागिन् ।