• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

‘मेरी जान’ भन्दै छात्रालाई सन्देश पठाउने शिक्षक पक्राउ, आक्रोशित भीडले विद्यालयमा तोडफोड

काठमाडौं।  । रौतहटको गरुडा नगरपालिका-९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरका छात्रालाई अशिष्ट सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साह पक्राउ परेका छन्

शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएका थिए । छात्राले म्यासेजबारे परिवारलाई सुनाएपछि आफन्तले विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका छन् ।

विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेको छ । प्रहरीले अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिनुका साथै शिक्षक साहलाई समेत पक्राउ गरेको जनाएको छ ।

तोडफोड र प्रदर्शनका कारण विद्यालयमा पढाइ ठप्प भएको छ । शिक्षक साहमाथि कडा कारबाही हुनुपर्ने आफन्तले माग गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए ।