• २०८३ असार १३
  • 2026 June 27, Saturday

नेपालमा पहिलोपटक घाँटीमार्फत तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल

काठमाडौं। पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ।

केही दिन अघि मस्तिस्क पक्षघातको उपचार गर्ने क्रममा एक पुरुषको न्युरो इन्टरभेन्सनको प्रविधिबाट सफल उपचार भएको पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले  जानकारी दिए।

‘नेपालमा पहिलो पटक घाटिबाट तार छिराएर मस्तिस्क पक्षघातको उपचार भयो। यो नयाँ प्रविधि हो,’ उनले भने। यसरी उपचार गर्दा टाउको चिर्न नपर्ने भएकाले बिरामीलाई धेरै पिडा नहुने डा. पौडेलले बताए।

‘अस्पताल बसाइँ समेत कम हुन्छ। जसले गर्दा खर्च पनि थोरै लाग्छ,’ उनले भने।