
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले ‘प्रचण्ड’ले बैठकमा सम्बोधन गर्ने भएका हुन् । ‘प्रचण्ड’ले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।