• २०८३ असार १३
  • 2026 June 27, Saturday

धरानेलाई बीमाबाट नछुट्याउन बीमा बोर्डलाई हर्क साम्पाङको आग्रह

काठमाडौँ। सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार गर्दै पत्र लेखेका छन्।

बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बीमा सुविधाको प्रथम अस्पतालको सूचीमा राख्न र सम्पूर्ण धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न अनुरोध छ।’

स्वास्थ्य बीमा बोर्डले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुबाट हटाएपछि राजनीतिक दलहरूले पनि यसको विरोध गरेका थिए ।

साउन १ गतेदेखि स्थानीयरजिल्ला अस्पतालबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र प्रतिष्ठानमा बीमा सुविधा पाउने निर्णय गरेपछि धरानमा आन्दोलन सुरु भएको हो । यसअघि प्रतिष्ठान आफैमा प्रथम सेवा बिन्दु अस्पतालको रूपमा कायम थियो ।

धरानमा प्रथम सेवा बिन्दु भएको अस्पताल नभएका कारण रेफर लिन जिल्ला अस्पताल इनरुवा पुग्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्य बीमा बोर्डको यो निर्णयले धरानवासीहरू समस्यामा परेको भन्दै हिजोबाट आन्दोलन सुरु भएको हो ।