• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्रीको नेतृत्वमा बेथितीको सन्देश आउने प्रचण्डको टिप्पणी

काठमाडौं। प्रमुख प्रतिपक्षी  नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ टेक्यो त्यहाँबाट बेथितीका खबर आउने गरेको बताएका छन्।

प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री जहाँ पुग्छन् त्यहाँबाट केही न केही बेथितीका खबर आउने बताएका हुन्।

‘अहिले स्पेनबाट पनि त्यस्तै आएको छ। स्पेनबारे तपाईं हुनुहुन्छ हुनुहुन्न मेरो आरोप होइन। तर तपाईले टेकेको ठाउँमा विवाद आउने गरेको बारे पक्कै पनि ध्यान दिनुभएको होला,’ उनले भने।

उनले गत साल अमेरिका जाँदा के-के भएको थियो भन्नेबारे स्मरण गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।

‘खुल्लखुल्ला सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदासमेत सरकार अझै सुशासनकै दिशामा छ भन्ने लागेको छ?,’ उनले भने।