
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रूपान्तरण गर्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दाबी गरेका हुन । उनले गठबन्धनमा रहेर थुप्रै अप्ठ्याराहरूको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कयौँ मानक बनाउन सकेको बताए।
उनले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताए । उनले गणतन्त्रमाथि राजावादी मात्र नभई सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताए ।
उनले भने, ‘गठबन्धनमा रहेर थुप्रै अप्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउन सक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा । पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रूपान्तरण गर्न सक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मालोचनाका साथ अघि बढेका छौँ ।’
उनले सरकारले कुशासनको तानासाही गाढा चलाइरहेको बताएका छन् ।