• २०८३ असार ३
  • 2026 June 17, Wednesday

बीमा प्राधिकरण अध्यक्षका रूपमा पोखरेलले लिए शपथ

काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

यसअघि बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १२ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बनमा परेका थिए ।

त्यसै क्रममा, आज छानबिन समिति अध्यक्ष गिरी तथा सदस्यहरू जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आफ्नो जिम्मेवारीका लागि पत्र बुझेका हुन् ।