• २०८३ असार ३
  • 2026 June 17, Wednesday

न्यौपाने आज सामान्य प्रशासनमन्त्रीको रूपमा सपथ लिँदै

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् ।

बुधबार साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराउने छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् ।