• २०८३ असार २९
  • 2026 July 13, Monday

एमालेमा बलियो नेतृत्व स्थापित भएको महासचिव पोख्रेलको दाबी

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टीभित्र बलियो नेतृत्व र एकतावद्ध संरचना सुनिश्चित भएको दाबी गरेका छन्।

पार्टीको सचिवालय बैठक सम्पन्न भएको भोलिपल्ट शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोख्रेलले अब पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गरेका हुन्।

फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ’।