• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

हँसिया प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ५४ वर्षीय करन भुललाई प्रहरीले पक्राउ गरेको छ।

करनले बिहीबार राति हँसिया प्रहार गरी ४० वर्षीया खिमा देवी भुलको हत्या गरी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।