• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै सबै आरोपितलाई दोषी ठहर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

यसअघि २६ असारमा महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्चमा पुनरावेदन जाने निर्णयमा हस्ताक्षर गरेका थिए। महान्यायाधिवक्ता कार्यालयका अनुसार फैसलाका क्रममा गम्भीर विचलन देखिएको, प्रमाणको पर्याप्त मूल्यांकन नगरिएको र सार्वजनिक चासोको विषय बनेको उक्त मुद्दामा पुनरावेदन गर्नु अपरिहार्य देखिएको हो।

गत जेठ १४ गते उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित अन्य आरोपितहरूलाई सफाइ दिने फैसला गरेको थियो।

सरकारको पुनरावेदनले अब मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसबाट फैसलामा पुनर्विचार हुने र पूर्वसांसद आलममाथिको अभियोग पुनः परीक्षणमा जान सक्ने देखिएको छ।