• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नेपाललाई फेरि अन्तर्राष्ट्रिय अवार्ड! ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड ’ दोस्रोपटक नेपालकै पोल्टामा

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई लगातार दोस्रो वर्ष ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गरेको छ।

आईसीसीले घोषणा गरेको यो प्रतिष्ठित अवार्डले नेपाल क्रिकेट संघ (क्यान) को डिजिटल माध्यमबाट फ्यानहरूसँगको सक्रिय सम्पर्क, संलग्नता र नविन प्रयासहरूलाई विश्वस्तरमै सम्मानित गरेको हो।

गत वर्ष जस्तै यसपालि पनि नेपालले उत्कृष्ट डिजिटल गतिविधिहरू, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र खेलप्रति जनचासो बढाउन अपनाएको रणनीतिका कारण यो अवार्ड जित्न सफल भएको हो।

यो सफलताले नेपाली क्रिकेटप्रतिको बढ्दो जनमाया मात्र होइन, डिजिटल युगमा नेपालले खेल क्षेत्रमै अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको प्रष्ट संकेत दिएको छ।