• २०८३ असार ३
  • 2026 June 17, Wednesday

एमालेको सदस्य संख्या साढे ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ सदस्यहरूको सहभागिता

काठमाडौं । नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए ।

एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सबै विवरण नआए पनि हालसम्म ६ लाख ५० हजार सदस्य संख्या कटेको बताएका छन् । यसअघि अघिल्लो वर्ष यहिबेला एमालेको सदस्य संख्या साढे ५ लाख थियो ।