• २०८३ असार २९
  • 2026 July 13, Monday

ओलीको दाबी : आगामी निर्वाचनमा एमालेको बहुमत रोक्न सम्भव छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । ‘पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो ।

एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन’, बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले देखेकै हो सुनेकै हो केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँछौ भनेकै थिए तर अहिले पनि सरकारको नेतृत्व गरेका छौ । १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको ।’