• २०८३ असार २९
  • 2026 July 13, Monday

एमालेलाई विश्वप्रकाश शर्माको चेतावनी : सहमति नमानिए सहकार्यमा असर पर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्।

बिपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बिपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तै सहमतिभन्दा बाहिर चलिरहे दुई दलबीचको सहकार्यमा दरार आउने चेतावनी दिए।

उनले भूमि विधेयक हतारोमा पारित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहन छलफल गरेर समितिमा लगेर दुइटा दलहरुबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ।’

उनले यो दुई विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए।