• २०८३ असार २९
  • 2026 July 13, Monday

विद्यादेवी भण्डारीको सार्वजनिक सम्बोधन: भोलि पत्रकार सम्मेलन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेकि छन। पूर्वराष्ट्रपति भण्डारीका निकट स्रोतले दिएको जानकारी अनुसार पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजे कार्की बैंक्वेटमा आयोजना हुनेछ।

हालसम्म पत्रकार सम्मेलनको एजेण्डा सार्वजनिक गरिएको छैन। तर पूर्वराष्ट्रपतिबाट पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम, संविधानको व्याख्या तथा पूर्वपदाधिकारीको भूमिका सम्बन्धमा विचार प्रस्तुत हुने अनुमान गरिएको छ।

भण्डारीले राष्ट्रपतिको कार्यकाल पूरा गरी २०७९ सालमा पदबाट बाहिरिएकी थिइन्। पदावधिपछि पहिलो पटक यसरी सार्वजनिक पत्रकार सम्मेलनमार्फत् मन्तव्य राख्न लागेकी हुनाले उनको भनाइप्रति सर्वसाधारण, सञ्चारकर्मी र राजनीतिक विश्लेषकहरूको विशेष चासो रहनेछ।

पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।