• २०८३ असार २८
  • 2026 July 12, Sunday

हेल्दी होमको २१औं वार्षिकोत्सव सम्पन्न, नयाँ उचाइमा पुर्याउने संकल्प

काठमाडौं । नेपालको पहिलो र विश्वसनीय होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोल्युससन सेन्टर हेल्दी होमले आफ्नो २१औँ वार्षिकोत्सव सफलतापुर्वक सम्पन्न गरेको छ । हेल्दी होमको २ दशकको यो यात्राले नेपालको वेलनेस उद्योगमा कम्पनीको योगदान, ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धता र कम्पनीप्रति सेवाग्राहीको विश्वासलाई प्रतिबिम्बित गरेको हो ।

विसं २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रुपमा स्थापना गरेको हेल्दी होम काठमाडौं र पोखरामा ४ शाखासहित वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अग्रणी नामका रूपमा विकसित भएको छ र ५० हजारभन्दा बढी ग्राहकहरुलाइ सेवा प्रदान गरिसकेको छ ।

आज हेल्दी होम वेट म्यानेजमेन्ट, बडि शेपिंग, स्किन एण्ड हेयर एनलाइसिस सेवाका लागि मुख्य रुपमा परिचित हुनुको साथै वेलनेस उद्योगमा आफ्नो स्थानलाई अग्रणीका रूपमा सुदृढ गर्दै आएको छ । हेल्दी होमले नेपालमा पहिलोपटक तौल घटाउने सेवा तथा प्रविधि भित्र्याउदै वेलनेस तथा ट्रान्सफर्मेसन सेवाहरू कसरी प्रदान गरिन्छ भन्ने दृष्टिकोणलाई नै पुनः परिभाषित गरेको छ ।

लन्चमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले भने, “हेल्दी होमको लागि २१औं वार्षिकोत्सव वास्तवमै एक गौरवशाली उपलब्धिको साथसाथै अझ ठूलो जिम्मेवारीको सुरुवात हो । यसले हामीप्रति हाम्रा ग्राहकहरूको विश्वास, हाम्रो टिमको समर्पण र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । हामी निरन्तर अघि बढिरहनेछौँ, अझै धेरै जीवनहरुमा आत्मविश्वास ल्याईरहनेछौँ र नेपाल तथा नेपालबाहिर पनि वेलनेसको स्तरलाई अझ उकास्नेछौँ । २१ वर्षअघि हेल्दी होम स्थापना गर्दा हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो । आज हजारौं सेवाग्राहीको विश्वास नै हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो। अब नयाँ पुस्ताको नेतृत्वसँगै यही मूल्य, यही विश्वास र यही सेवाभावलाई अझ व्यापक बनाउँदै हेल्दी होमलाई नयाँ उचाइमा पुर्याउनेमा म पूर्ण विश्वस्त छु ।”

हेल्दी होमका म्यानेजिङ्ग डाइरेक्टर मन्दिप भुसालज्युले भने, “हेल्दी होम मेरो लागि केवल एउटा संस्था मात्र होइन, यो मेरो परिवारको सपना, मूल्य मान्यता र सेवाप्रतिको प्रतिबद्धताको प्रतिरूप आज बुबा र कृष्णजीले निर्माण गर्नुभएको यो २१ वर्षको विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु मेरो लागि गौरवसँगै ठूलो उत्तरदायित्व पनि हो । हामी संस्थापकद्वयको दूरदृष्टि र मूल्य मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा अझ सशक्त बनाउनेछौं । आगामी वर्षहरूमा थप सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने हाम्रो स्पष्ट लक्ष्य छ । यो यात्रा सम्भव बनाउने हाम्रा संस्थापक, सम्पूर्ण टोली, सेवाग्राही, साझेदार तथा शुभेच्छुकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । हामीले निर्माण गरेको विश्वासलाई अझ बलियो बनाउँदै स्वस्थ नेपाल निर्माणको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

२१औं वार्षिकोत्सवलाई अझ विशेष बनाउन हेल्दी होमले वार्षिकोत्सव विशेष क्याम्पेन शुरु गरेको थियो जसमा चौथो हुने जनाले हेल्दी होमको गिफ्ट ह्याम्पर, तेश्रो हुने ३ जनाले स्किन केयर ह्याम्पर, २ जनाले वेट लस प्रोग्राम र प्रथम हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको थियो। विजेताको छनोट लक्की ड्र मार्फत गरिएको थियो । सेवाग्राहीहरुको आफुमाथिको विश्वास र समर्थनप्रति कृतज्ञता र आभारस्वरुप उक्त पुरस्कार प्रदान गरिएको कम्पनिले जानकारी दिएको छ ।

हेल्दी होम अर्को चरणमा प्रवेश गर्दै गर्दा ब्रान्डको विस्तार, अझ नयाँ प्रविधि र सेवाहरुको समावेश, र वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा व्यापक प्रभाव सिर्जना गर्ने लक्ष्यमा केन्द्रित रहेको छ । विश्वासमा आधारित विरासत र प्रगतिद्वारा निर्देशित दृष्टिकोणसहित हेल्दी होम आगामी वर्षहरूमा पनि अझ अगाडि बढ्दै जाने तयारीमा छ ।