• २०८३ असार २९
  • 2026 July 13, Monday

मदन भण्डारीको तस्बिर र सूर्य चिह्नसहित विद्याले गरिन् पत्रकार सम्मेलन

काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आज आफ्नो भावी रणनीति सार्वजनिक गर्दै छिन्।

काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

दिउँसाे ३ बजेका लागि बाेलाइएकाे पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सुर्यअंकित ब्यानर राखिएको छ ।

जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको छ । भण्डारीको पत्रकार सम्मेलन स्थलमा एमालेका केही कार्यकर्ता र उल्लेख्य मात्रामा सञ्चारकर्मीहरू पुगेका छन् ।