• २०८३ असार २९
  • 2026 July 13, Monday

प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध अख्तियारमा उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि छानविनको माग गर्दै उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेलले उनीमाथि उजुरी दर्ता गराएका हुन् ।

वाइटवडी जहाज घोटला, नेपाल आयल निगम जग्गा घोटला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा राई मुछिएको भन्दै उनले छानविनको मागसहित उजुरी दर्ता गराएका छन् । साथै, विशेष अदालतले मुद्दा नं. ०८० सिआर ०१४५ को सन्दर्भमा राईमाथि मुद्दा नचलाइएको उल्लेख गरेको पनि उनले उजुरीमा भनेका छन् ।

‘मिति २०८१ मंसिर २० गतेका दिन मुद्दा नं. ०८० सिआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाइएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ,’– उनले उजुरीमा भनेका छन् ।