• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

मुख्यमन्त्री शाहसँग ऊर्जा मन्त्री खड्काको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा मंगलबार बिहान दुवैबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा समसामयिकसहित सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र-प्रदेश समन्वय, योजनाको कार्यान्वयन बारे छलफल भएको बताइएको छ।