• २०८३ असार २९
  • 2026 July 13, Monday

बागमती कांग्रेस संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा सनाखत सुरु

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा सनाखत प्रक्रिया सुरु भएको छ।

बैठकको प्रारम्भमा केन्द्रबाट पठाइएको प्रतिनिधि सम्बन्धी पत्र पढेर सुनाइएको थियो। त्यसपछि मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव औपचारिक रूपमा पढेर सुनाइयो।

प्रस्ताव सुनाएपछि त्यसको पक्ष र विपक्षमा मत विभाजनसहितको सनाखत प्रक्रिया अघि बढाइएको हो।