• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लागुऔषध १७.५० ग्राम सहित ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूबाट १७.५० ग्राम लागुऔषधसहित पक्राउ गरिएको हो।

२०७८ साल साउन १२ गते दिउँसो १:३० बजे, काठमाडौंको गोङ्गबुस्थित वडा नं. ८, अत्तरखेल क्षेत्रमा संकास्पद गतिविधि देखिएपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक व्यक्तिसँग ९.० ग्राम खैरो हेरोइन र नगद ५० हजार रुपैयाँ बरामद गर्‍यो। ती व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, साउन १२ गते बेलुकी ९:१० बजे, बौद्धस्थित जोरपाटी नगरपालिका वडा नं. २ क्षेत्रबाट लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले थप तीन जनालाई ८.५० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। उनीहरू सवार सवारीसाधन चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएपछि पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरू:१. जिल्ला सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका वडा नं. २ निवासी १९ वर्षीय बहादुर क्षत्री
२. काठमाडौं, शंखरापुर नगरपालिका वडा नं. ५ निवासी २४ वर्षीय रोशन कार्की
३. जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ निवासी २१ वर्षीय जलिल अहमद सई
४. ए.ऐ. बनेको ३१ वर्षीय एकजना व्यक्ति (पहिचान खुलाइएको छैन)