• २०८३ असार १८
  • 2026 July 02, Thursday

रास्वपाको संसदीय दलको बैठक भैरहवामा जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवा स्थित रमादा होटलमा जारी रहेको छ।

पार्टीका सांसदहरूको सहभागितामा बैठक सञ्चालन भइरहेको हो। बैठकमा हालको राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिकासहित आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

साथै पार्टीको आन्तरिक सुदृढीकरण, जनसम्पर्क विस्तार, र प्रदेशस्तरीय सांगठनिक सशक्तीकरणको विषयमा पनि व्यापक बहस भइरहेको स्रोतले जनाएको छ।