• २०८३ असार १८
  • 2026 July 02, Thursday

प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी, संगठित अपराध र मानव बेचविखन कसुरमा अनुसन्धान माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधमा संलग्न रहेको भन्दै युवराज पौडेलले प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध हुलाकमार्फत जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा प्रधानमन्त्री ओलीसहित उपसभामुख ईन्दिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालगायतलाई विपक्षी बनाइएकाे छ ।