• २०८३ असार १८
  • 2026 July 02, Thursday

सचिव पन्थ र डा. रेग्मीबीच कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीबीच कार्य सम्पादन करार सम्झौता भएको छ।

सो सम्झौता अनुकूल निर्देशक रेग्मीले चालु आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन, वित्तीय पारदर्शिता, दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य सेवामा प्रविधिको प्रयोग तथा अस्पताल व्यवस्थापनमा प्रभावकारिता ल्याउने प्रतिबद्धता जनाएका छन्।

सचिव पन्थले अस्पतालको सेवागत गुणस्तर बढाउन र नागरिकमैत्री सेवा प्रवाह गर्न कार्यसम्पादनमा पारदर्शिता र उत्तरदायित्व कायम राख्नुपर्नेमा जोड दिएका छन्।

उक्त सम्झौता कार्यसम्पादन मुल्यांकन प्रणालीलाई संस्थागत गर्दै सार्वजनिक संस्थाका नेतृत्वदायी पदमा रहेकाहरूको उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्यका साथ गरिएको मन्त्रालयले जनाएको छ।