• २०८३ असार १८
  • 2026 July 02, Thursday

०८४ मा एमालेको एकल बहुमत सुनिश्चित गर्ने शंकर पोखरेलको दाबी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताए।

उनले भने, ‘राजनीतिक अस्थिरता र सामाजिक अस्थिरतालाई हटाउन सकिएन भने विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन। मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’

नयाँ पुस्ताले जनमतलाई विभाजित गर्नेतिर नभई परम्परागत राजनीतिक दललाई मत दिएर केन्द्रीकृत गर्ने बाटोतर्फ समाजलाई दोहोर्‍याउनुपर्ने बताए।उनले थपे, ‘‘एमालेले युवाहरूको सुन्दर भविष्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ।

मिसन २०८४ नेपालको नयाँ यात्राको रूपमा अगाडि बढाउनुपर्छ। एमालेको एकल बहुमत आएर बनेको सरकारले मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ।’