• २०८३ असार १८
  • 2026 July 02, Thursday

राष्ट्रपतिमा नजान विद्या भण्डारीलाई निवासमै गएर सुझाव दिएको पोखरेलको खुलासा

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्यादेवी भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको खुलासा गरेका छन् । भण्डारीलाई राष्ट्रपतिमा पठाउनुअघि पार्टीभित्र पर्याप्त छलफल र बहस भएको स्मरण गराउँदै आफूले उक्त जिम्मेवारीमा नजान सुझाव दिएको बताएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को १२औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा काठमाडौंमा आयोजना गरिएको राजनीतिक परिसंवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले कम उमेरको मान्छेलाई राष्ट्रपति बनाउनु हुँदैन कि भन्ने कुरा उठाउने मान्छे आफू भएको दाबी गरे । उनले भने,‘मैले विद्यादेवी भण्डारीको निवासमा गएर तपाईं नजानु बेस हुन्छ भनेको थिएँ, तर पार्टीले निर्णय ग‍र्यो, उहाँ हुनुभयो । दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने कुरा हो ।’

उनले माओवादीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएको सन्दर्भमा उनले माओवादी यो व्यवस्थाप्रति विश्वास गर्ने पार्टी नै नभएको भन्दै एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न आग्रह गरे ।