• २०८३ असार १८
  • 2026 July 02, Thursday

प्रधानमन्त्रीको विदेश भ्रमण एजेन्डामा, मन्त्रिपरिषद् बैठक चाँडै सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन।

विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित विदेश भ्रमणलाई प्राथमिकतामा राखेर केन्द्रित हुनेछ।

साथै, बैठकमा केही सहसचिवको सरुवासम्बन्धी निर्णय पनि हुने जनाइएको छ। प्रशासन स्रोतका अनुसार हाल करिब पाँच दर्जन सहसचिवको सरुवा गर्नु पर्ने आवश्यकता रहेको भए पनि अन्तिम सरुवा सूची अझै यकिन हुन सकेको छैन।

बैठकमा अन्य नियमित एजेन्डामाथि पनि छलफल हुने अनुमान गरिएको छ।