• २०८३ असार १८
  • 2026 July 02, Thursday

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु एको छ।  विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित विदेश भ्रमणलाई प्राथमिकतामा राखेर केन्द्रित हुनेछ।

साथै, बैठकमा केही सहसचिवको सरुवासम्बन्धी निर्णय पनि हुने जनाइएको छ। प्रशासन स्रोतका अनुसार हाल करिब पाँच दर्जन सहसचिवको सरुवा गर्नु पर्ने आवश्यकता रहेको भए पनि अन्तिम सरुवा सूची अझै यकिन हुन सकेको छैन।

बैठकमा अन्य नियमित एजेन्डामाथि पनि छलफल हुने अनुमान गरिएको छ।