• २०८३ असार १८
  • 2026 July 02, Thursday

प्रचण्डले जनार्दनसँगको अन्तरसंघर्षमा जवाफ दिए, माओवादी तयारीमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको चौथो दिनको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकभर उठेका प्रश्नको जवाफ दिनेछन्।

प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राख्नेछन्।शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकले आफ्नो धारणा राखिसकेका छन्।

माओवादीमा अहिले ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे शर्माले उठाएको प्रश्नको पनि आज ‘प्रचण्ड’ले जवाफ दिँदैछन्।

बैठकमा अधिकांश नेताहरूले ‘प्रचण्डको पक्षमा बोल्दै आत्मालोचना गर्नुपर्ने बताएका छन्। तर, शर्माले पार्टी बिग्रिएको जिम्मेवारी ‘प्रचण्ड’ले लिएर आफू तयार रहेको तर पार्टी नछाड्ने जवाफ दिइसकेका छन्।

यो बैठकले आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ। शर्माले भने विशेष महाधिवेशनको माग गरिरहेका छन्।